काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफू पार्टी अध्यक्ष नरहेको बताउनुभएकाे छ।
अध्यक्ष प्रचण्डले आज केन्द्रीय समिति बैठकपछि अब आफू अध्यक्ष नरहेको र संयोजक रहेकाे बताउनु भयाे।
‘अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग भन्नुभयाे,’ केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न भयो। म अब अध्यक्ष रहिनँ, संयोजक भएँ ।’
बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सकिएको हो। केन्द्रीय समिति बैठकमा नेताहरूले विभिन्न १० समूह बनाएर छलफल गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरूले अध्यक्ष प्रचण्डले पद छाड्नुपर्ने बताउनुभयाे।
माओवादीले आज केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन घोषणा गरेको छ। महाधिवेशन मंसिरको अन्तिमसम्म गर्ने गरी अध्यक्षलाई संयोजक तोकिएको प्रवक्ता अग्नि सापकोटाले बताउनुभयाे।






प्रतिक्रिया