काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई)ले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्नुभएकाे छ।
मेयर साम्पाङले जेनजी आन्दोलनका माग र मर्मअनुसार सरकार काम गर्न असफल भएको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत् प्रधानमन्त्री कार्कीको राजीनामा माग्नुभएकाे हाे।
मेयर साम्पाङले जेनजी आन्दोलनका माग आफूले एक-एक गरेर पूरा गर्ने समेत बताउनुभएकाे छ।
‘सुशीला जी… तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् !’ मेयर साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘म गर्छु उनीहरूको माग पूरा एक एक गरेर !’







प्रतिक्रिया