अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन: आयल निगम

पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन: आयल निगम


काठमाडौँ-नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको जनाएको छ। 

मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण  पेट्रोलियम पदार्थको नियमित ढुवानी हुन नसक्दा यसअघि अधिकांश पेट्रोल पम्पले सेवा दिन नसके पनि बाटो खुलेसँगै नियमित अवस्थामा फर्किएका हुन् । 

निगमले भनेको छ– ‘मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण बाट पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अव सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको ब्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराइन्छ।’