अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन चलाइयो: केपी ओली

देशको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन चलाइयो: केपी ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लाग्ने गरेको दाबी गर्नुभएकाे छ।

आज भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘सामाजिक सञ्जालकाे दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरु फैलाइएको छ। कसैले देशका पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइदिने गरिएको छ। कसैले देशको पक्षमा बोल्यो भने झोलेको आरोप लगाइन्छ।’