काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले देश बनाउने पार्टी एमाले मात्रै भएको दाबी गर्नुभएको छ।
आज भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित दसैँ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई सही दिशामा ल्याउने शक्ति एमाले नै भएको बताउनु भएको हो।
अध्यक्ष ओलीले देशलाई सही बाटोमा फर्काउन एमालेबाहेक अरूले नसक्ने बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘देश बनाउने एमालेले नै हो।’

अध्यक्ष ओलीले भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबाट हरेस नखान पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिका घर जलेका छन्, पार्टी कार्यालय जलेका छन्, त्यसैले तपाईँहरूले हरेस नखानुहोस्। सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस्। राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु। शुभकामना छ।’
अध्यक्ष ओलीले देश निर्माणमा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।








प्रतिक्रिया