काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाउनुभएको छ। बैठक अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा बस्ने कार्यक्रम तय भएको छ।
बैठकमा जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रम, त्यसले पार्टीभित्र पारेको सन्दर्भ र पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । साथै, बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया