अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ। 

बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने गौतमले जानकारी बताउनुभयाे। बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

बैठकमा पछिल्लो घटनाक्रमपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने विभाग प्रमुख गौतमले जानकारी दिनुभयाे। जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो।