अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुण्डुमा जेनजी आन्दोलनपछि एमालेको पहिलो सचिवालय बैठक

गुण्डुमा जेनजी आन्दोलनपछि एमालेको पहिलो सचिवालय बैठक


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरु भएकाे छ। सचिवालय बैठक केही समय अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा सुरु भएको हो।

बैठकमा २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे। उहाँका अनुसार बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

बैठकमा पछिल्लो घटनाक्रमपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने विभाग प्रमुख गौतमले जानकारी दिनुभयाे। जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो।