अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार प्रतिशोधको राजनीतिमा उत्रियो: एमाले

सरकार प्रतिशोधको राजनीतिमा उत्रियो: एमाले


भक्तपुर-नेकपा (एमाले)ले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढेको आरोप लगाएको छ। आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी दिनुभयाे।

राजनीतिक दलहरूसँग सरकारले कुनै समन्वय नगरेको र निषेध गर्न खोजेको एमालेको ठहर छ। 

यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पाँच जनाको पासपोर्ट रद्द गर्ने निर्णयमाथि आपत्ति जनाएको छ। उपमहासचिव ज्ञवालीले यो सिफारिसमा आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको जानकारी गराउनुभयाे।

‘राहदानी रोक्काका लागि गरिएको सिफारिस गरिएको भनेर आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हाम्रो गम्भीर आपत्ति छ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयाे।