चितवन-नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोला पुल नजिकै गएको पहिरो पन्छ्याएपछि अवरुद्ध सडक सुचारु भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साढे ७ बजेदेखि लेदोसहित खसेको पहिरोले रोकिएको सडक साढे ८ बजे दुईतर्फी नै सञ्चालनमा आएको हो ।
डिभिजन कार्यालयको तयारी अवस्थामा रहेको सडक सफा गर्ने मेसिनले पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जनाइएको छ ।
पहिरो पन्छाइए पनि पानी परेकोले पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासन पालना गरि सवारी चलाउन ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।







प्रतिक्रिया