अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ड्युटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा एक जना युवक पक्राउ

ड्युटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा एक जना युवक पक्राउ


काठमाडौं-सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा काठमाडौँको बुद्धनगरबाट एक जनालाई पक्राउ गरिएको छ।

चाडपर्वका बेला सडक सुरक्षामा कर्तव्य पालनाको खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गर्ने सिन्धुलीको ग्याङलेख गाउँपालिका-५ घर घई काठमाडौँको बबरमहल बस्ने ३६ वर्षीया नेवाङ्ग तामाङ पक्राउ परेका हुन्। उनी काठमाडौंको बबरमहलमा बस्दै आएका थिए।

उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो ‘भाइरल’ भएको थियो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।