अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन: शंकर पोखरेल

राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताउनुभएकाे छ।

शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा महासचिव पोखरेलले पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्ने भए पनि एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताउनु भएकाे हाे।

‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन’, शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा पोखरेलले भन्नुभएकाे छ, ‘खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन।’

राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय हुन नसक्ने पनि महासचिव पोखरेलको भनाइ छ।