काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशभर भइरहेको निरन्तर वर्षा र सम्भावित विपद्का कारण जनसुरक्षालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ।
मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले पोखरेलले सबै नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न अनुरोध गर्नुभएको हो।
महासचिव पोखरेलले भन्नुभयो, ‘यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपंक्तिमा रहनुपर्छ। बाढी, पहिरो र डुवानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहौं।’
महासचिव पोखरेलले विशेषगरी स्थानीय पार्टी कमिटीहरूलाई सक्रिय रहँदै राज्यका सरोकारवाला निकायहरूसँग सहकार्य गर्न निर्देशन दिनुभएको छ।
महासचिव पोखरेलले सबै जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावना मार्फत विपद् व्यवस्थापनमा सहभागिता जनाउन पनि आह्वान गर्नुभएको छ।






प्रतिक्रिया