अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथर स्थित तमोर करिडोरमा भएको दुर्घटनामा ६ जनाको मृत्यू,६ जना घाइते

पाँचथर स्थित तमोर करिडोरमा भएको दुर्घटनामा ६ जनाको मृत्यू,६ जना घाइते


काठमाडौं – पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो ।

घटनास्थलमा रहेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

अरु ६ जना घाइते छन् । उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुलेको छैन । ।

सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ ।