अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहले भन्यो : राहात तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्नु

गृहले भन्यो : राहात तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्नु


काठमाडौं- गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघलाई हेलिकप्टरहरु तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।

शुक्रबारदेखि निरन्तर वर्षातसँगै बाढी र पहिरो जाने क्रम बढेकाले विपद् प्रतिकार्यमा आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले संघलाई पत्र लेखेको हो।

‘भारी तथा अतिभारी वर्षातका कारण आउनसक्ने बाढी, पहिरो, तथा डुबानबाट प्रभावितहरुको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्ने कार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौताबमोजिम आवश्यकताअनुसार यस मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध छ’, पत्रमा भनिएको छ।

यसमा सहजीकरण गर्न नागरिक उड्डयन प्राधिकरणलाई समेत आग्रह गरिएको छ।

गृहले भन्यो : राहात तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्नु