काठमाडौं -हिजोको तुलनामा काठमाडौं उपत्याकामा पानी पार्ने प्रणाली कमजोर भएको छ । तर कोशी प्रदेशमा हिजो भन्दा यो प्रणाली बढी सक्रिय भएको मौसमविद्धहरुले बताएका छन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा मनसुनी वायुको प्रभाव रहेकाले वर्षाको सम्भावना भने अझै कायमै छ ।
काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अनुसार ‘काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा पानी पार्ने प्रणााली कमजोर भइसकेको छ र ठूलो पानी पर्ने संकट अब टरेको छ ।
मधेश प्रदेशमा अझै पनि पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना न्यून रहेको अर्यालले जानकारी दिनुभयो ।






प्रतिक्रिया