काठमाडौँ-लगातारको वर्षापछि आएको बाढीले गएराति मेची राजमार्गमा रहेका तीन पुल बगाएको छ ।
माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बताएको हो। अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले राजमार्गमा राति सवारी आवागमनमा रोक लगाएको थियो । तर तीन पुल भत्किएपछि सो क्षेत्रको आवागमन प्रभावित हुने भएको छ ।






प्रतिक्रिया