अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ३३ हजार नाघ्यो

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ३३ हजार नाघ्यो


काठमाडौँ-सोमबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो। 

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । २०८२ असोज १२ गतेपछि आइतबार पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलाको ७ हजार चारसय रुपैयाँ बढेको थियो। सुनको मूल्य हिजो र आज गरेर नौ हजार नौसय रुपैयाँ बढेको छ। 

यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो। त्यसयता आइतबार मात्रै सुनको मूल्य निर्धारण भएको हो। 

यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो।