अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनसुनी प्रणाली बाहिरिए पनि पश्चिमी वायुका कारण केही प्रदेशमा मध्यम वर्षाको सम्भावना

मनसुनी प्रणाली बाहिरिए पनि पश्चिमी वायुका कारण केही प्रदेशमा मध्यम वर्षाको सम्भावना


काठमाडौं – देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ । यी स्थानबाट मनसुन प्रणाली बाहिरिएको छ ।

मनसुन प्रणाली बाहिरिए पनि पश्चिमी वायुका कारण यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका भूभागमा मनसुनी वायु रहेको छ । तर, त्यसको कमजोर प्रभाव रहेको विभागले बताएको छ । फाइल तस्बिर ।