काठमाडौँ-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा जारी छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसिरहेको हो।
बैठकमा बाढी-पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायत ९ एजेन्डा छन्।
बैठकमा प्रधानमन्त्री, केन्द्रका मन्त्रीहरू, बागमती प्रदेशका मुख्यमन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख सहभागी छन् ।






प्रतिक्रिया