पोखरा- गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राष्ट्रबैंक चोकमा रहेको निवासमा जेनजी प्रदर्शन क्रममा २०८२ भदौ २४ गते आगजनी भएको गरेको थियो। मुख्यमन्त्री पाण्डेकाे निवासमाजेनजी प्रदर्शन पछि असोज १२ गते पुनः आगजनी गरिएको थियो।
उक्त आगजनीमा संलग्न रहेको आरोपमा रुपन्देही घर भई पोखरा बस्ने २२ वर्षीय संजोक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनले राष्ट्र बैंकको कम्पाउन्ड सडक छेउमा रहेको एनआइएमबीको एटिएम समेत तोडफोड गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।







प्रतिक्रिया