काठमाडौं-जेनजी प्रतिनिधिहरूले यही (अक्टोबर ८, ९) २०८२ असोज २२ र २३ गते आफूहरूको कुनै आन्दोलन नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौँ अघि भेला भएका उनीहरूले आन्दोलनका नाममा भ्रममा नपर्न सबैसँग आग्रह गरेका हुन्।
‘भोलि र पर्सि कुनै आन्दोलन छैन। कसैले भड्काउन खोज्ला, कसैदले उक्साउन खोज्ला, कसैले तपाइँलाई बाटोमा ल्याउन खोज्छ भने होसियार हुनुस्। कसैको भ्रममा नभड्किनु’ एक जेनजी अगुवाले भने, ‘हामी नेपाली हो। हामी नेपालीलाई कसैले फुटाउन खोज्छ भने त्यो देशद्रोही हो। देशद्रोहीसँग बचेर सजग भएर बस्नुपर्छ।’
उनीहरूले सरकारलाई सघाउन र सफल बनाउन पनि सबैसँग आग्रह गरेका छन्।






प्रतिक्रिया