अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट अनेरास्ववियुले मेयर बालेन र सुदन गुरुङविरुद्ध उजुरी दिँदै

एमालेनिकट अनेरास्ववियुले मेयर बालेन र सुदन गुरुङविरुद्ध उजुरी दिँदै


काठमाडौं-नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’का प्रमुख सुदन गुरुङविरुद्ध उजुरी दिने भएका छन्।

अनेरास्ववियुका महासचिव दीपक धामीले मंगलबार अपराह्न जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र गुरुङविरुद्ध उजुरी दिन लागेको बताउनुभयो।

महासचिव धामीले भन्नभयो, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका सुदन गुरुङविरुद्ध हामी उजुरी लिएर प्रहरीकोमा जाँदैछौं।’

२०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन भएको थियो। भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो।

यी घटनामा मेयर बालेन र हामी नेपालका सुदनको कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित अखिलले उजुरी दिन लागेको जनाएको छ।