काठमाडौं-नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन्।
अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका हुन्।
२०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण निकाय जलाउनमा मेयर बालेन र सुदन गुरुङको हात रहेको आरोप लगाउँदै उनीहरू किटानी जाहेरी लिएर पुगेका हुन्।
तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उनीहरूविरुद्ध उजुरी दिन परिसर पुगेको अखिलका महासचिव दीपक धामीले बताउनुभयो।







प्रतिक्रिया