अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवराज सफलले पनि बालेन र सुदनविरुद्ध दिए जाहेरी

युवराज सफलले पनि बालेन र सुदनविरुद्ध दिए जाहेरी


काठमाडौं-युवराज पौडेल (सफल)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध प्रहरीमा जाहेरी दिनुभएको छ।

सफलले आज काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर मेयर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिनुभएको हो।

युवराज सफलले काठमाडौंका मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो।

उहाँले २०८२ २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको विषयलाई लिएर जाेहरी दिनुभएको हाे ।

यसअघि २०८२ असोज २१ गते मंगलबार नेकपा एमालेनिकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जाहेरी दिएको थियो।