अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन र सुदनविरुद्ध एमालेनिकट अनेरास्ववियुले दियो देशभरबाट जाहेरी

बालेन र सुदनविरुद्ध एमालेनिकट अनेरास्ववियुले दियो देशभरबाट जाहेरी


काठमाडौं-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध देशभरबाट जाहेरी दिएको छ। 

२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र प्रहरी हत्यामा मेयर शाह र सुदन गुरुङको संलग्नता रहेको आरोप लगाउँदै अनेरास्ववियुले कानुनी कारबाहीको माग गरेको हो।

उपाध्यक्ष अञ्जना सिवाकोटीले अनेरास्ववियुका देशभरका समितिले आज एकै दिन किटानी जाहेरी दिएको जानकारी दिनुभयो।

‘हाम्रा मतहतका सबै कमिटीले आज नजिकको प्रहरी कार्यालयमा गएर जाहेरी दिएका छन्,’ उहाँले भन्नभयो, ‘कुनै कमिटीले आफ्नै तरिकाले दिनु भएको छ। तर, अधिकांशले एउटै व्यहोरामा जाहेरी दिनु भएको छ।’

अनेरास्ववियुले दिएको जाहेरीमा जेनजी आन्दोलनका क्रममा मेयर बालेनको योजनामा आगजनी भएको सुदन गुरुङ लगायतको समूहले त्यसलाई कार्यान्वयन गरेको आरोप लगाइएको छ।

२०८२ भदौ २३ र २४ गतेको घट्नाको छानबिनको लागि गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनेको छ।

२०८२ भदौ २४ गते राजधानीमा भएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिँदा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलगायतका सरकारी कार्यालय र नेपाली कांग्रेस, नेकपा एमाले अन्य केही दलका नेताहरूको घरमा समेत आगजनी र तोडफोड भएको थियो। उक्त घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ मानवीय क्षति भएको थियो।