अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश सरकारबाट बाहिरिँदै एमाले

मधेश सरकारबाट बाहिरिँदै एमाले


जनकपुरधाम-नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ। एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते राजीनामा घोषणा गरेका थिए । तर पछि उनले संसदबाट विश्वासको मत लिने अडानमा छन् ।

पार्टीको निर्देशन समेत अटेर गर्दै उनी पदमा बसिरहेका हुन् । उनकै जनमत पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यस्तै नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेको छ ।