पोखरा-नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कुनै कदम चालिए कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने चेतावनी दिनुभएकाे छ।
पोखरामा आयोजित एमाले महानगर कमिटीको कार्यकर्ता भेलामा बोल्दै उहाँले साे चुनाैती दिनुभएकाे हाे। उहाँले भन्नुभयाे, ‘केपी ओलीलाई छोयो वा गिरफ्तार गर्यो भने कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउँदै विशाल जुलुस निकाल्नेछ। कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउने छ, यहाँबाट सुरु गरौं ।’
पूर्वगृहमन्त्रीसमेत रहेका अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशका चारै सुरक्षा निकाय “बिकेका” दाबी गर्दै गम्भीर आरोप पनि लगाउनुभयाे।
डिपस्टेट स्टेकहोल्डरहरू र विदेशी प्रभावका कारण अहिलेको राजनीतिक संकट उत्पन्न भएको उहाँको भनाई छ।
देशमा उत्तर–दक्षिण (चीन र भारत)ले खेलेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको अधिकारीको भनाइ थियो ।
नेता अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि गम्भीर आरोप लगाउनुभयाे। अध्यक्ष प्रचण्ड पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाएर आफू प्रधानमन्त्री हुन्छु भनेर लागेको आरोप लगाउनुभयाे।







प्रतिक्रिया