अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै


काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। 

२०८२ भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि सभापति शेरबहादुर देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाउनु भएकाे हाे। पदाधिकारी बैठक दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो।

केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताउनुभयाे । 

पार्टीको नियमित महाधिवेशन गर्ने एजेन्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा समेत आजको बैठकमा छलफल हुने बताइएको छ।