अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असंवैधानिक गतिविधि नरोकिए कडा प्रतिवाद गर्ने एमाले धादिङको चेतावनी

असंवैधानिक गतिविधि नरोकिए कडा प्रतिवाद गर्ने एमाले धादिङको चेतावनी


धादिङ-नेकपा (एमाले) धादिङले सरकारले असंवैधानिक गतिविधि नरोके कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएको छ।

एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले प्रेस वक्तव्य जारी गर्दै सरकारले एमालेका अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा डर र त्रास फैलाउने तथा एमालेको तेजबोध गर्ने जस्ता हर्कतहरू गरिरहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

एमाले धादिङका अध्यक्ष त्रिपाठीले यदि यस्ता असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन्। ‘कडा प्रतिवादका लागि सडकमा उत्रिदा सिर्जित हुने परिणामको सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले नै लिनुपर्नेछ’ उहाँले भन्नुभयाे।

अध्यक्ष त्रिपाठीले एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई यस्ता गतिविधि देखिए तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएकाे छ।