अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक

हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक


काठमाडौं-दुई वर्ष देखि गाजामा हमासले बन्धक बनाएको भनिएका कञ्चनपुरका विपिन जोशी बोलिरहेको भिडिओ क्लिप्स सार्वजनिक गरिएको छ। 

द टाइम्स अफ इजरायलले बुधबार राति २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको आक्रमणका क्रममा हमासले विपिन अपहरण गरेको केही समयपछि खिचेको भिडिओ भन्दै सार्वजनिक गरेको हो।

जुन भिडियो सन् २०२३ अक्टोबर ७ तारिखमा किबुट्ज अलुमिममा भएको आक्रमणमा अपहरण भएको केही समयपछि खिचिएको विश्वास गरिएको छ। 

३३ सेकेन्डको भिडिओमा जोशी अंग्रेजीमा बोलिरहेका छन्। 

‘मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ। म २३ वर्षको भएँ। म २५ दिनअघि इजरायल आएको थिएँ। म यहाँ सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रमका लागि आएको थिएँ, म एक विद्यार्थी हुँ’, उनी भनिरहेका छन्, ‘म सिट्रस र कागती फार्ममा कृषि फार्ममा काम गर्छु।’

यो भिडिओसँगै उनी जीवित रहेको आशा पलाएको छ। तर त्यो भिडिओ २ वर्षअघिकै भएकाले विपिनको वर्तमान अवस्था अझै स्पष्ट छैन। 

इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई सन् २०२३ अक्टोबर ७ तारिखमा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए। जाेशीको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर बुधबार सार्वजनिक गरिएकाे थियो । साेही तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडियोबाट लिइएको हो ।

विपिनको समाचारसहितको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।