अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानुन बिपरित चल्नेहरुलाई मंसिर नलाग्दै घिसारेर सडकमा ल्याइन्छ: सूर्य थापा

कानुन बिपरित चल्नेहरुलाई मंसिर नलाग्दै घिसारेर सडकमा ल्याइन्छ: सूर्य थापा


काठमाडौं- नेकपा एमालेका पोलिटव्यूरो सदस्य सूर्य थापाले ‘चुनाव फोबिया’ भएको सरकारले नै चुनाव गराउने कुरा असम्भव रहेको बताउनुभएको छ। सामाजिक सञ्जालमा लेख्दै थापाले अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल चुनाव गराउने प्राणी नै नभएको दाबी गर्नु भएको छ।

‘यिनका कामको फेहरिस्तले बताउँछ चुनाव फोबिया। चुनाव गराउने मती भए पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित नेताहरुलाई पक्राउ गर्न गैह्र कानुनी आदेश दिने थिएनन्,’ नेता थापाले लेख्नुभएको छ,’ ‘लोकतन्त्रमा हुल अफ ल किमार्थ स्विकार्य छैन।’

थापाले कानुन बिपरित चल्नेहरुलाई जनताले मंसिर नलाग्दै घिसारेर कहाँ पुर्याउछन् भन्ने हेक्का राख्न चेतावनी दिनुभएको छ। सार्वजनिक, व्यक्तिगत सम्पती, पार्टी कार्यालयमा आगजनी, तोडफोड र ध्वंस्स गर्नेहरुले जहाँसुकै भए पनि उन्मुक्ति नपाउने उहाँले दाबी गर्नुभएको छ। यस्ता अपराधीहरुलाई राज्ले कानुन बमोजिम कार्यबाही नगरे टोलटोलबाट जनकारबाही गरिने थापाले चेतावनी दिनुभएको छ।


थापाले लेखेको स्टाटस यस्तो छ:
अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन्। यिनका कामको आजीवन फेहरिस्तले बताउँछ- चुनाव फोबिया। चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्।लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन।

चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसके। गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै । साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पुर्‍याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ)ले हेक्का राख्न जरूरी छ।

एक एक ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन्। राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुनेछ।