अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा आज एमालेको विशेष कार्यक्रम: अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

भक्तपुरमा आज एमालेको विशेष कार्यक्रम: अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने


भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ।पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो।

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिती र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नुहुनेछ। कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरु पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो।