अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीलाई एकता चाहिएको बेला पुनर्गठनको बहस असान्दर्भिक: भानुभक्त ढकाल

पार्टीलाई एकता चाहिएको बेला पुनर्गठनको बहस असान्दर्भिक: भानुभक्त ढकाल


भक्तपुर-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौत्र्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताउनुभएको छ।

पार्टीको भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले सो कुरा बताउनुभएको हो । उहाँले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निक्र्यौल हुने बताउनुभयो ।
‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ’ ढकालले भन्नुभयो ‘यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर अहिले पार्टी भित्र एकताको खाँचो छ ।’

पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको उहाँले बताउनुभयो । उहाँले भदौ २० देखि २२ गते सम्म भएको दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेनजी आन्दोलनले उठाएका सही एजेण्डालाई पार्टीले समेट्ने बताउनुभयो ।