अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई कसैले हल्लाउन सक्दैन: महेश बस्नेत

एमालेलाई कसैले हल्लाउन सक्दैन: महेश बस्नेत


काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनलाई विदेशी शक्तिहरूले चलाएको जालमा परेका युवाहरूको अस्थिर राजनीतिक खेलका रूपमा वर्णन गर्नुभएको छ।  

बिहीबार भक्तपुरको गुण्डुमा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

नेता बस्नेतले भन्नुभयो, ‘जेनजी आन्दोलन खरायोका लागि थापिएको जाल थियो, तर चितुवा पर्‍यो, विचरा जेनजीका उरन्ठेउलाहरूले विदेशीको जालमा परेको कुरा थाहा नै पाएनन्, अहिले त्यही चितुवाले खान्छ कि भन्ने डर छ।’

नेता बस्नेतले केही व्यक्तिहरूले सामाजिक सञ्जाल डिस्कर्डमार्फत जलाएका बताउनुभयो। ‘केही उरन्ठेउलाहरूले डिस्कर्ड नेटवर्कमार्फत देश जलाए, त्यो डिस्कर्ड बालेन साह, सुदन गुरुङलगायतले चलाएका छन्, ती नै अहिले केपी ओली, रमेश लेखकलगायतलाई पक्राउ गर्नुपर्ने भन्दै उत्रिएका छन्।’

उहाँले नेकपा एमालेलाई धम्क्याएर डराउन नसकिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘हिजो पञ्चायतसँग, माओवादीसँग, वाइसिएलसँग लडेका हामीलाई धम्क्याएर केही हुँदैन, एमालेलाई धम्क्याएर हल्लाउन सकिँदैन।’

भ्रष्टाचार छानबिनको कुरा उठाउँदै उहाँले जेनजी आन्दोलनले भ्रष्टाचार विरोधी अभियान चलाउने हो भने हालका मन्त्री कुलमान घिसिङ र रामेश्वर खनालबाट नै छानबिन सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘जेनजीले भ्रष्टाचार छानबिन गर्ने भनेका छन् भने अहिलेका भ्रष्ट मन्त्रीहरूबाट नै सुरु होस्।’

२०८२ भदौ २३ र २४ गतेका घटनाको सन्दर्भमा उहाँले तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि आरोप लगाउनेहरूलाई तथ्य प्रमाणसहित आउन चुनौती दिनुभयो। ‘२०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिन ओलीबाट होइन, बालेन र सुधन गुरुङबाट सुरु होस्, यदि ओलीले गोली चलाउन आदेश दिएको प्रमाण छ भने लिएर आउनुहोस्, पेशेवर अपराधी ल्याएर, सार्पसुटरमार्फत कलिला बालबालिकाको हत्या गरियो।’

सुरक्षाको सन्दर्भमा उहाँले आफ्ना कार्यकर्ताहरूलाई सचेत रहन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो – ‘अब आफ्नै सुरक्षाको जिम्मा लिनुपर्ने बेला आएको छ, गुण्डु गलत नियतले आए भने अचार बनाएर पठाउँछौँ, गुण्डुतिर आँखा सोझ्यायौ भने आँखै फुटाइदिने छौँ।’ 

उहाँले बालेन साहको समूहप्रति चेतावनी दिँदै गृहमन्त्रीलाई भन्नुभयो, ‘बालेनका नोकरलाई हामीले टेर्नेवाला छैनौँ।’

उहाँले राष्ट्रिय युवा संघ नेपालले असोज २५ गते काठमाडौंमा विशाल मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको जानकारी दिनुभयो। उहाँले देशभक्तिपूर्ण सन्देशसहित र्‍यालीमा सहभागी हुन सबैलाई आग्रह गर्दै भन्नुभयो, ‘एमालेका युवाले देशभक्तिको सन्देश दिनेछन्, हाम्रो आन्दोलन राष्ट्रिय एकता र संविधानको पक्षमा हुनेछ।’

भक्तपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली, महासचिव शङ्कर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

…………………..

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिनुभएको छ। आज भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रम बोल्दै सो चेतानी दिनुभएको हो।

‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, नेता बस्नेतले भन्नुभयो, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो।’

उनले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन आग्रह गरे । उनले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए ।