अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद् पुनर्स्थापना: अध्यक्ष ओली

लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद् पुनर्स्थापना: अध्यक्ष ओली



भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनर्स्थापना भएको बताउनुभएको छ।

एमाले भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका लागि देशैभरि आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

‘लुटपाटबाट विध्वंसबाट संसद् विघटन गरिएको छ। लोकतन्त्रलाई ट्र्याक आउट गरिएको छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसैले संसद् पुनर्स्थापना गरेर देशलाई लोकतन्त्रको ट्र्याकमा फर्काउनु पर्दछ। यसका लागि देशैभरि आन्दोलनको उभार ल्याउनु पर्दछ।’ अध्यक्ष ओलीले संसद् पुनर्स्थापनामा नेपाली काँग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताउनुभयो।

अध्यक्ष ओलीले यो सरकारको चुनाव गराउने कुनै एजेण्डा नभएको उहाँले बताउनुभयो। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले चुनावी एजेण्डा सरकारलाई दिएको स्पष्ट पार्नुभयो। कतिपयले २०८२ फागुन २१ मा निर्वाचन भएन भने मात्र संसद पुनर्स्थापनाको पक्षमा लाग्ने भन्ने गरेकोमा उहाँले त्यती लामो समयसम्म देशलाई गैह्र लोकतान्त्रिक तरिकाले अघि बढाउन नहुने भएकोले तत्काल संसद पुनस्र्थापनाको लागि दबाब बढाउनु पर्ने बताउनुभएको छ।