अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति देउवा बिनै सानेपामा कांग्रेस पदाधिकारी बैठक

सभापति देउवा बिनै सानेपामा कांग्रेस पदाधिकारी बैठक


काठमाडौँ-नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक केही समय अघि सुरु भएकाे हाे।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक जेनजी विद्रोहका क्रममा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय, सानेपामा चलिरहेको छ।

बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित हुनुहुन्न। बैठकको संयोजकत्व उपसभापति पूर्णबहादुर खड्काले गर्नुभएको छ।

बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ। बैठकमा इतर समूहका नेता डा.शेखर कोइराला पनि सहभागी छन्।