अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज कुन राजमार्ग कहाँकहाँ छ अबरुद्ध?

आज कुन राजमार्ग कहाँकहाँ छ अबरुद्ध?


काठमाडौं-वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका ६ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। 

कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका(९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ। 

हिजो अवरुद्ध रहेका केही सडकमा भने आजदेखि गाडी चल्न थालेका छन्। अवरुद्ध सडकको पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।