काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई संवादका लागि बोलाउनु भएको छ।
शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
जेन्जी आन्दोलनबाट निर्वाचित सरकार विघटन भई २०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि राष्ट्रपतिले पहिलो पटक अन्तरिम सरकारका प्रधानमन्त्रीसहित दलका नेताहरूलाई संवादका लागि बोलाउनु भएको हो ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ। तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन्।
बिहीबार प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको भेटपछि दलहरूसँग छलफल गर्ने निष्कर्षमा राष्ट्रपति पौडेल पुगेका उनी निकट स्रोतले जानकारी दियो ।







प्रतिक्रिया