अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक गुण्डुमा सुरु

समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक गुण्डुमा सुरु


भक्तपुर-नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न एमालेले आज सचिवालय बैठक बोलाएको हो। 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने जनाएकाे छ।

यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अबिरल वर्षाका कारण स्थगित भएको थियो। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरुसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ।

पार्टीका केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सरेको छ। बैठकको तयारी नपुगेकोले २०८२ असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ । केन्द्रीय कार्याल च्यासल जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका कारण बैठक स्थल तय भइनसकेको अधिकारीले जानकारी दिनुभयो ।