काठमाडौं-निवर्तमान गृहमन्त्री रमेश लेखकले २०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताउनु भएकाे छ।
जेन-जी आन्दोलनपछि आज पहिलोपटक सार्वजनिक भएका कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताउनु भएको हाे।
आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको स्पष्ट पार्नुभयाे ।
‘प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन, प्रधानमन्त्रीजी र मेरो तर्फबाट आदेश दिइएको छैन,’ कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयाे।
उहाँले मुलुकको संविधान र कानुन बमोजिम आ–आफ्नो काम सबैले गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई जोगाउनुपर्ने बताउनुभयो।
लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताउनुभयाे। ‘जेनजीहरूले राम्रा माग राखेर आन्दोलन गर्नुभएको थियो । तर, घुसपैठ भएर अप्रत्याशित घटना भए । नहुनुपर्ने घटना भए,’ लेखकले भन्नभयो।







प्रतिक्रिया