काठमाडौं-सरकारले सुरक्षा कटौती गरेपछि पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन्।
नेकपा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले सो जनाकारी दिनुभएको हो। ‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो । जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन्ने’, ता बस्नेतले बताउनुभयाे।
सरकारले पूर्वप्रधानमन्त्री लगायतका उच्चपदस्थहरुले राखेका सुरक्षाकर्मीहरु घटाएपछि पार्टीका कार्यकर्ताहरु नै सुरक्षामा बस्न लागेका हुन्।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरक्षामा वाइसिएल र पूर्वजनमुक्ति सेना राख्ने निर्णय गरेका थिए।






प्रतिक्रिया