काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे बैठक सुरु हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो। बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताउनुभयाे ।
आजको बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल केन्द्रित हुनेछ। पार्टीको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि तय भएको छ ।







प्रतिक्रिया