काठमाडौं- नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले देशको परिस्थिती अझै विकराल दिशातर्फ जान सक्ने औल्याउनु भएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले राजनीतिक नेतृत्वले आन्तरिक असन्तुष्टी र भद्रगोललाई पूर्णत वेवास्ता गर्दा यस्तो परिस्थिती निम्तिएको बताउनुभएको हो । बाँस्कोटाले हालैको जनेजी आन्दोलनप्रति संकेत गर्दै यसको जग राजनीतिक भद्रगोलप्रतिको वेवास्ता नै भएको स्पष्ट पार्नु भएको छ ।
बास्कोटाले राजनीतिक परिदृष्यका भाग दुई र तीन बाँकी नै रहेको उल्लेख गर्नुभएको दाबी गर्नुभएको छ । उहाँले लेख्नु भएको छ ‘के थाहा राजनीतिक अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था अझै छैन ।’







प्रतिक्रिया