काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सामान्य बान्ता भएर उहाँलाई अस्पताल लगिएको हो। बान्ता भएपछि नसासम्बन्धी केही समस्या छ कि भनेर न्यूरोका डाक्टरहरूले हेरिरहेका छन् । उनको पाचन प्रक्रियामा समस्या देखिने गरेको छ।
राष्ट्रपति पौडेलले शनिवारै जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका थिए । छलफल दुई दिन सारेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका हुन् ।







प्रतिक्रिया