अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाजामा २२ बन्धक जीवित रहेको इजरायलको विश्वास, वासिङ्टन पोस्टको सूचीमा विपिनको पनि नाम

गाजामा २२ बन्धक जीवित रहेको इजरायलको विश्वास, वासिङ्टन पोस्टको सूचीमा विपिनको पनि नाम


काठमाडौं-इजरायलले हालसम्म गाजामा रहेका ४८ जना बन्धकमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरेको छ। वासिङ्टन पोस्टको समाचारअनुसार जीवित रहेको विश्वास गरिएकाहरूको सूचीमा नेपालका विपिन जोशीको पनि नाम छ।

जीवित रहेको अनुमान गरिएका बन्धकमध्ये इजरायली सैनिक, विद्यार्थी तथा नेपालका विपिन जोशी पनि रहेको समाचारमा जनाइएको छ । जोशी कृषि अध्ययनका लागि नेपालबाट इजरायल पुगेका बेला हमासको अपहरणमा परेका थिए ।

गाजा युद्धविरामअन्तर्गत बाँकी बन्धकहरू अबको ७२ घण्टाभित्र रिहा हुने अपेक्षा गरिएको छ । बन्धकको रिहाइको सट्टामा इजरायलले करिब २ हजार प्यालेस्टाइनी बन्दीहरूलाई मुक्त गर्नेछ ।

इजरायलमा बन्धकहरूका परिवारहरूले उनीहरूको सुरक्षित रिहाइको लागि लगातार दबाब दिइरहेका छन् । समाचारअनुसार इजरायलले कम्तीमा २५ जना बन्धकहरू अक्टोबर ७ मा वा बन्धक अवस्थामै मारिएका पुष्टि गरेको छ । बाँकी बन्धकमध्ये कति जीवित छन् भन्ने स्पष्ट छैन । तर २२ जना जीवित रहेको विश्वास इजरायलको छ ।