काठमाडौँ – अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएका कारण हिजो स्थगित भएको नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक आज बिहान ११ बजे अध्यक्ष ओली निवास गुण्डुमा हुने भएको हो ।
शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थिती र पार्टीका कार्यभारका विषयमा स्पष्ट पार्नुभएको थियो । पार्टीका बरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षहरुले धारणा राख्ने क्रम सकिएको छ । आज उपमहासचिव र सचिवहरुले पार्टी र समसामयिक विषयमा धारणा राख्ने जनाइएको छ । एमालेले पछिल्लो पटक उत्पन्न राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न असोज २९,३० र ३१ गते पार्टी केन्द्रीय कमिटीको बैठक आयोजना गरेको छ ।







प्रतिक्रिया