अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक असोज २९ देखि भनिमण्डलस्थित ‘राम वाग महल’मा

एमाले केन्द्रीय कमिटी बैठक असोज २९ देखि भनिमण्डलस्थित ‘राम वाग महल’मा


काठमाडौं-नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमालेले यही असोज २९ गतेदेखि ३१ सम्म सञ्चालन हुने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेको हाे। 

जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोड हुँदा ललितपुरकाे च्यासलस्थित एमाले केन्द्रीय कार्यालय क्षतिग्रस्त भएकाे कारणले गर्दा बैठक बस्ने स्थल तय गरेको छ।

बैठक ललितपुरको जवलाखेलस्थित भनिमण्डल छेउमा रहेको राम वाग महलमा असोज २९ गते बुधबार बिहान ११ बजेदेखि सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयाे।

‘यहि असोज २९-३१ ललितपुरको जाउलाखेल भनिमण्डल (डीएभी स्कुल) छेउ ‘राम वाग महल’मा आयोजित केन्द्रीय कमिटीको बैठकमा २९ गते ११ बजे उपस्थितिको लागि अनुरोध छ,’ अधिकारीले सामाजिक सञ्जालमा जानकारी गराउनु भएकाे हाे।

यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक एमालेले दुई दिनपछि सारेको हो। गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा बसिरहेको छ। बैठक आज पनि बस्दैछ।