अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 जेन-जी आन्दोलनमा विद्यार्थीलाई ‘स्कूल युनिफर्म’मा जान उक्साएकाे आरोपमा बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी

 जेन-जी आन्दोलनमा विद्यार्थीलाई ‘स्कूल युनिफर्म’मा जान उक्साएकाे आरोपमा बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी


काठमाडौं-नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)  र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएको छ।

 २३ र २४ गते भदौ २०८२ मा भएको जेन-जी आन्दोलनमा नाबालक विद्यार्थीहरूलाई विद्यालय पोसाकमै जान उक्साउने, विभिन्न गतिविधि गर्ने, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको भन्दै संघले जाहेरी दिएको हो ।

नेविसंघका केन्द्रीयहरू सदस्य मनिषजंग थापा, अशोक सिंह विष्ट र विजय शाहले संयुक्त रूपमा  हस्ताक्षर गरेर किटानी जाहेरी दिएको नेविसंघ केन्द्रीय सदस्य अशोकसिंह विष्टले जानकारी दिनुभयो । उनीहरुले २४ घण्टाभित्र उजुरी गर्दा गरी बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन् ।

उजुरीकर्तामध्येका अशोक सिंह विष्ट भन्नुभयो, ‘हामीले २४ घण्टाभित्र हामीलाई जवाफ चाहिन्छ भनेका छौं । प्रहरीले हामी सरकारी वकिलहरुसँग पनि सल्लाह गरेर जानकारी गराउँछौं भनेको छ ।’

यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले पनि बालेन शाह र सुदन गुरुङविरुद्ध उजुरी दिएको थियो।

विज्ञप्ति