अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनपछि दाङमा एमालेको खबरदारी जुलुस

जेनजी आन्दोलनपछि दाङमा एमालेको खबरदारी जुलुस


दाङ-जेनजी आन्दोलनपछि नेकपा एमाले दाङले आइतबार पहिलो पटक दाङको घोराहीमा खबरदारी जुलुस निकालेको छ।

सार्वजनिक सम्पत्ति, कार्यालय, निजी निवास, व्यवसायमा हुने आगजनी, तोडफोड र लुटपाटजस्ता आपराधिक गतिविधिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जागरणसभा अभियान गरेको एमाले दाङले जनाएको छ। खबरदारी जुलुसमा एमालेका नेता, कार्यकर्ता साथै एमाले शुभेच्छुकरु सहभागी छन्।

वर्तमान राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले खबरदारीसभा गर्न लागिएको एमाले दाङले जानकारी दिए।

विधिको शासनको रक्षा, संविधानको कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र अराजकताविरुद्ध जनसहभागिता जुटाउने अभियानअन्तर्गत यो खबरदारी सभा आयोजना गरेको हाे।